प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्ने

हिमाल प्रेस १९ फागुन २०८० ९:२८
6
SHARES
प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्ने फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्।

शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए।

तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको प्रदेशसभा सचिवालयका सचिव पुनमगरले बताए ।

शुक्रबारको बैठक ५ मिनेट बसेर स्थगित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =