लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

हिमाल प्रेस २१ भदौ २०८० १०:०७
6
SHARES
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक आज बिहीबार बस्दैछ।

प्रदेशसभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गर्ने कार्य सूची छ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर विज्ञ तथा सरोकारवालहरूसँग राय सुझाव संकलन गरेको थियो। सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो।

प्रकाशित: २१ भदौ २०८० १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =