ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो टोटनहम

हिमाल प्रेस ११ पुष २०७९ २०:२३
12
SHARES
ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो टोटनहम

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा विश्वकपपछिको पहिलो खेलमा टोटनहम र ब्रेन्टफोर्डले २–२ को बराबरी खेलेका छन्। सोमबार राति ब्रेन्टफोर्डको मैदानमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै टोटनहमले एक अंक बटुलेको हो।

जारी सिजन तेस्रो पटक बराबरी खेलेको टोटनहम १६ खेलबाट ३० अंक बटुलेर चौथो स्थानमा छ। उसको र तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेडको अंक बराबर छ। तर न्युकासलले टोटनहमको भन्दा एक खेल बढी खेलेको छ। उता ब्रेन्टफोर्ड भने २० अंक बटुल्दै नवौँ स्थानमा छ।

आफ्नो पछिल्लो खेलमा च्याम्पियन म्यानचेस्ट सिटीलाई पराजित गरेको ब्रेन्टफोर्डले टोटनहमविरुद्ध १५ औँ मिनेटमा अग्रता लिएको थियो। जर्मन मिडफिल्डर भिटाली जानेल्टले ब्रेन्टफोर्डको गोलको खाता खोलेका थिए। ब्रेन्टफोर्टको दोस्रो गोल इभान टोनीले गरे।

२–० ले पछि परेको नौ मिनेटपछि टोटनहमले पहिलो गोल फर्काएको थियो। ह्युगो लोरिसको अनुपस्थितिमा टिमको कप्तानी गरेका ह्यारी केनले हेडर गोल गरेका थिए। ७१ औँ मिनेटमा मिडफिल्डर पियर एमाइल होयबर्गले गोल गरेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो। त्यसपछि दुवै टिमले गोल थप्न सकेनन्।

प्रकाशित: ११ पुष २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =