सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भोलि साँझ सकिँदै

हिमाल प्रेस ९ पुष २०७९ ९:५९
8
SHARES
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भोलि साँझ सकिँदै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि (पुस १० गते) साँझ सकिँदैछ।

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

त्यो समय सीमा कट्न आजसमेत २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन्। राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ। यदि राष्ट्रपतिले दिएको समयसीमामा सरकार नबने राष्ट्रपतिले पुनः संविधानको धारा ७६(३) मार्फत सरकार गठनका लागि आह्वान गर्नेछिन्।

 

 

प्रकाशित: ९ पुष २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =