महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

रमा केसी २१ फागुन २०८० २१:१०
12
SHARES
महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड सुर्खेतको वीरेन्द्रनगरमा वीरेन्द्रनगर नगरपालिकाले सोमबार आयोजना गरेको प्रथम कर्णाली प्रदेश महिला सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारी। तस्बिर : रासस

सुर्खेत- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्ने बताएकी छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

सामाजिक न्याय, महिला अधिकार, लैंगिक अधिकार, सामाजिक जागरण, सचेतना अभियान चलाएर महिला अधिकारका क्षेत्रमा उल्लेखनीय सुधार ल्याउनुपर्ने उनको भनाइ छ।

२०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारवटा विधेक ल्याएर महिलाको अधिकार पूर्ण रूपमा सुनिश्चित गरेको भण्डारीले बताइन्।

उनले भनिन्, ‘२०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हकअधिकार सुनिश्चित गरेको छ।’

साथै उनले महिलाको समानुपातिक हक, प्रजनन अधिकारको हक र स्वास्थ्य शिक्षालगायतका विषयमा अघि बढ्दै गएको बताइन्।

महिला अधिकार कायम गर्नका लागि सबै महिलालाई एकजुट हुन पनि उनले आह्वान गरेकी छन्। भण्डारीले भनिन्, ‘कर्णाली भौगोलिक हिसाबले विकट भए पनि प्राकृतिक सम्पदा तथा सौन्र्दयले भरिपूर्ण छ।’ उनले रारा, सेफोक्सुन्डो, पञ्चाल झरना, तिला गुफाको प्रचारप्रसारमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २१ फागुन २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =