अर्जेन्टाइन गोलरक्षक मार्टिनेजको विचित्रको व्यवहार

हिमाल प्रेस ६ पुष २०७९ १३:४६
40
SHARES
अर्जेन्टाइन गोलरक्षक मार्टिनेजको विचित्रको व्यवहार

काठमाडौँ- विश्वकप जितेर घर फर्किएको अर्जेन्टाइन टिमको ब्युनोस आयर्समा भव्य स्वागत गरियो। उपाधि जितेको खुसीयालीमा अर्जेन्टाइन टिमले समर्थकको माझमा सहर परिक्रमा गर्‍याे।

पूरै अर्जेन्टाइन टिमलाई बसमाथि राखेर घुमाइएको थियो। कप्तान लियोनल मेस्सी र गोलरक्षक इमिलियानो मार्टिनेज सँगै थिए। त्यस क्रममा मार्टिनेजले हातमा बोकेको गुडियातिर सबैको ध्यान गयो। त्यस गुडियाको मुहारको आकृति फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेसँग मिल्दोजुल्दो थियो।

मार्टिनेजले विश्वकप फाइनलपछि खुसीयाली मनाउँदा देखाएको व्यवहार अनौठो थियो। विश्वकपमा सर्वोत्कृष्ट गोलरक्षक चुनिएका उनलाई गोल्डन ग्लभ्स दिएको थियो। त्यही ग्लभ्स बोकेर उनले अनौठो पारामा खुसीयाली मनाएका थिए। पछि उनले आफ्नो खुसीयाली मनाउने शैली फ्रेन्च समर्थक लक्षित रहेको स्पष्टीकरण दिएका थिए।

मार्टिनेजले व्यवहारले मेस्सीलाई अप्ठ्यारोमा पार्ने अनुमान गरिँदैछ। किनभने मेस्सीलाई क्लब फुटबल खेल्न फ्रान्स फर्कनुछ। पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एम्बाप्पेसँगै खेल्नुछ।

उसो त दोहामा एम्बाप्पेलाई लक्षित गरेर मार्टिनेजले मात्र होइन अर्जेन्टिनाका अन्य खेलाडीले पनि खुसीयाली मनाएका थिए। अर्जेन्टिनाको ‘ड्रेसिङ रुम’ मा एम्बाप्पेलाई गिज्याउँदै होहल्ला गरिएको बताइएको छ।

अर्जेन्टाइन टिमले लुसेल रंगशालामा देखाएको विचित्रको व्यवहार यतिमा सीमित छैन। प्रशिक्षण टिमका कतिपय सदस्यले रंगशालाको ‘मिडिया एरिया’ मा पुगेर पत्रकाहरुलाई गालीगलौज गरेका थिए।

अर्जेन्टाइन टिमको यो अनौठो व्यवहारको केन्द्र भने एस्टन भिल्लाबाट इंग्लिस प्रिमियर लिग खेल्ने मार्टिनेज बनेका छन्। जो विश्वकप उपाधि जित्ने टिमको निक्र्योल गर्न भएको पेनाल्टी सुटआउटमा नायक साबित भएका थिए। पेनाल्टी सुटआउट चलिरहँदा उनले पेनाल्टी प्रहारकर्ता औरेलियन टुचमनीलाई बल दिनुको सट्टा अर्कातिर फ्याँकिदिएका थिए।

विश्वकप ट्रफी बोकेर खुसीयाली मनाउने उनको शैलीले त विश्वभरका लाखौँ दशर्कलाई छक्कै बनायो। ‘मविरुद्ध फ्रान्सका समर्थकले अभद्र व्यवहार देखाएका थिए। यो त्यसकै बदला हो,’ मार्टिनजेले आफ्नो व्यवहारको रक्षा गर्दै भनेका थिए।

प्रकाशित: ६ पुष २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =