२२ औँ आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो साताबाट, विजेतालाई १२ लाख

हिमाल प्रेस ६ पुष २०७९ ११:२०
2
SHARE
२२ औँ आहा  !  रारा पोखरा गोल्डकप पुस दोस्रो साताबाट, विजेतालाई १२ लाख

पोखरा- २२ औं आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने भएको छ।

प्रतियोगितामा १० टिमले भाग लिने छन्। सो क्लब महासचिव रामजीप्रसाद अधिकारीका अनुसार नेपाल एपीएफ क्लब, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र, नेपाल प्रहरी फुटबल क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन्।

प्रतियोगिताको विजेताले १२ लाख प्राप्त गर्ने भएको छ। यस्तै उपविजेताले ६ लाख प्राप्त गर्नेछ। गत वर्षको विजेता एपीएफ र उपविजेता मनाङ मर्स्याङ्दी क्लब हुन्। ‍२०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो।

बचत रकम क्लबबाट सञ्‍चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए।

यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने छ। प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झैँ हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ।

प्रकाशित: ६ पुष २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =