काराबाओ कप : उल्भरह्याम्पटन, न्युकासल र लेस्टर क्वार्टरफाइनलमा

हिमाल प्रेस ६ पुष २०७९ ८:५६
14
SHARES
काराबाओ कप : उल्भरह्याम्पटन, न्युकासल र लेस्टर क्वार्टरफाइनलमा

काठमाडौँ- स्पेन तथा रियल म्याड्रिडका पूर्वप्रशिक्षक युलेन लोपेटेगीले इंग्लिस फुटबलमा विजयी सुरुवात गरेका छन्। उनले बुधबार राति उल्भरह्याम्पटनलाई लिग कपको चौथो चरणको खेलमा जित दिलाए।

राउल हिमिनेजले ७७ औँ र रायन एइट नुरीले आतिरिक्त समयमा गोल गरेपछि उल्भरह्याम्पटनले आफ्नै मैदानमा चौँथो श्रणीको इंग्लिस लिग खेल्ने गिलिङहमलाई २–० ले पराजित गरेको हो।

लोपेटेगी गत महिना उल्भरह्याम्पटनको प्रशिक्षक बनेका हुन्। ब्रुनो लेजको नेतृत्वमा उल्भरह्याम्पटनले इंग्लिस प्रिमियर लिगमा १५ खेलमध्ये एकमा मात्र जित दर्ता गरेपछि उल्भरह्याम्पटनमा प्रशिक्षक परिवर्तन गरिएको थियो।

उल्भरह्याम्पटनलाई घरेलु लिग कपकमो क्वार्टरफाइनलमा पुर्‍याए पनि लोपेटेगीको साँच्चैको परीक्षा भने आउँदो सोमबारबाट हुनेछ। किनभने त्यसदिन उल्भरह्याम्पटनले प्रिमियर लिगमा एभरटनको सामना गर्दैछ। प्रिमियर लिगको अंक तालिकाको पुछारमा रहेको उल्भरह्याम्पटनका लागि त्यो खेल विश्वकपपछिको पहिलो हुनेछ। त्यही खेलबाट लोपेटेगीले पनि प्रिमियर लिगमा डेब्यु गर्नेछन्।

‘मेरा लागि यो विशेष दिन हो। चौथो चरण पार गर्ने हाम्रो लक्ष्य पूरा भएको छ। हामीले यो खेलका लागि महेनत र तयारी गरेका थियौँ। अब आगामी खेलहरुका लागि पनि यस्तै मेहनत गर्नुछ। ती खेलहरु सजिला हुने छैनन्। फेरि हामीले आफ्नो खेलमा निकै सुधार पनि ल्याउनसछ,’ ५६ वर्षीय लोपेटेगीले भने।

चौथो चरणको अर्को खेलमा न्युकासल युनाइटेडले बर्नमाउथलाई १–० ले पाखा लगायो। मंगबलार राति नै भएका अन्य खेलमा साउथह्याम्पटनले लिन्कल सिटीमाथि २–१ र लेस्टर सिटीले मिल्टन किनेस डन्सलाई ३–० को जित दर्ता गरे।

सेन्ट जेम्स र्पाकमा घरेलु टिमलाई जित सुम्पिन बर्नमाउथका एडम स्मिथले आत्मघाती गोल गरेका थिए। साउथह्याम्पटनले भने १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै लिन्कनलाई पन्छायो।

गोलरक्षक गाभिन बाजुनेले आत्मघाती गोल गरेपछि प्रिमियर लिगको साउथह्याम्पटनविरुद्ध तेस्रो श्रेणीको लिन्कनले अग्रता लिएको थियो। तर चे एडम्सले २५ र ७४ औँ मिनेटमा एक–एक गोल गरेपछि साउथह्याम्पटनले जित निश्चित गरेको थियो।

इंग्ल्यान्डको तेस्रो श्रेणीकै लिग खेल्ने अर्को क्लब एमके डन्समाथि लेस्टरलाई जित दिलाउन लेस्टरका लागि युरी टिलमन्स, आयोजे पेरेज र जेमी भार्डीले एक–एक गोल गरेका थिए।

प्रकाशित: ६ पुष २०७९ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =