चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४८
चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड

काठमाडौँ- चितवन-२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी बुधबार भरतपुरमा तोडफोड भएको छ। अपरिचित समूहले बिहान ११ बजेतिर श्रेष्ठ चढ्ने बा ३ च २०५० नम्बरको गाडी तोडफोड गरेका हुन्।

प्रहरीका अनुसार श्रेष्ठ घरदैलोमा गएका बेला मोटरसाइकल चढेर आएका व्यक्तिहरूले गाडी तोडफोड गरेका हुन्।

गाडीको सिसा फुटेको र तोडफोडमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =