निर्वाचन अवधिभर खोटाङमा मादक पदार्थ निषेध

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:२४
निर्वाचन अवधिभर खोटाङमा मादक पदार्थ निषेध

खोटाङ- आसन्‍न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्रीवितरण तथा सेवन गर्न निषेध गरेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राति १२ बजेदेखि ५ मंसिर राति १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्रीवितरण तथा सेवनमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन्।

स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भए/गरेको पाइएमा कानुन वमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =