पश्चिम नवलपरालीबाट राप्रपाको अर्को जित, प्रधान निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ ९:१६
4
SHARES
पश्चिम नवलपरालीबाट राप्रपाको अर्को जित, प्रधान निर्वाचित

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। यसअघि राप्रपाले ४ सिट जितिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =