दाङ १ बाट मेटमणि विजयी, हारिन् शान्ता

हिमाल प्रेस ९ मंसिर २०७९ ८:५२ | Friday, November 25, 2022
दाङ १ बाट मेटमणि विजयी, हारिन् शान्ता

बुटवल- दाङको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन्। सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ५ हजार ८४ मतान्तरले नेकपा एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन्। मेटमणिले २६ हजार ५६३ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरेकी छिन्।

मेटमणि २०७४ मा भएको आमनिर्वाचनमा पनि एमाले उम्मेदवारका रूपमा सोही क्षेत्रबाट विजयी भएका थिए। त्यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ ८:५२ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast