ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु, दुई घाइते

हिमाल प्रेस ४ भदौ २०८३ ८:५५ | Thursday, August 20, 2026
4
SHARES
ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु, दुई घाइते
काठमाडौँ-  दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार गत ३ गते वेलुकी २०:०० बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा ४ गते बिहान ०२:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो । अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।
ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ४ भदौ २०८३ ८:५५ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast