रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

हिमाल प्रेस २६ जेठ २०८३ ९:५२ | Tuesday, June 9, 2026
12
SHARES
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौँ- दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ ।

 

प्रकाशित: २६ जेठ २०८३ ९:५२ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast