माध्यमिक तहको गणित विषयको नतिजा प्रकाशित

हिमाल प्रेस २३ भदौ २०८० १८:५९
माध्यमिक तहको गणित विषयको नतिजा प्रकाशित

काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि लिएको अनिवार्य गणित विषयको नतिजा शनिबार सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेशको परीक्षाफल प्रकाशित गरेको जनाएको छ। परीक्षा गत चैत १८ र असार ९ गते सम्पन्न भएको थियो।

अन्तर्वार्ता शिक्षक सेवा आयोग सानो ठिमीमा असोज २२, २३ र २४ गतेका लागि तोकिएको छ। आयोगले यसअघि विज्ञान, सामाजिक, अंग्रेजी, नेपाली, शुक्ल यजुर्वेद, संस्कृत व्याकरण, संस्कृत साहित्य, अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरिसकेको छ।

प्रकाशित: २३ भदौ २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast