विद्यालय कर्मचारीमाथि हमलाप्रति महासंघको निन्दा

हिमाल प्रेस १२ भदौ २०८० ८:५९ | Tuesday, August 29, 2023
विद्यालय कर्मचारीमाथि हमलाप्रति महासंघको निन्दा

काठमाडौँ- कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सिद्धनाथ माध्यमिक विद्यालयका कर्मचारीमाथि भएको सांघातिक हमलाप्रति नेपाल शिक्षक महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

विद्यालयका लेखा सहायक वीरेन्द्रप्रसाद जोशीमाथि प्रहरीले नियन्त्रणमा लिएकै बेला सांघातिक हमला भएको र प्रहरीले हमला नराकेको प्रति महासंघले प्रशासनमाथि नै मिलिभगतको आशंका गरेको छ।

महासंघले एक विज्ञप्ती जारी गर्दै यो घटनाले त्यसक्षेत्रका शिक्षक कर्मचारी असुरक्षित रहेको अनुभूति भएको उल्लेख गरेको छ। महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षरीत विज्ञप्तीमा सोही घटनाप्रति गम्भीर भर्त्सना भएको जनाइएको छ।

महासंघका अनुसार सोही घटना विद्यालय शिक्षा विद्येयकको विरुद्धमा आन्दोलन गर्दा घटेको थियो। महासंघले  आन्दोलनप्रति ऐक्यबद्धता रहेको समेत जनाएको छ। दोषीलाई कडा भन्दा कडा कारबाहीको महासंघले माग गरेको छ।

प्रकाशित: १२ भदौ २०८० ८:५९ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast