आठ नक्कली कर्मचारी पक्राउ

हिमाल प्रेस २६ मंसिर २०७९ ६:२० | Monday, December 12, 2022
आठ नक्कली कर्मचारी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी तथा किर्ते गर्नेहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै २५ वर्षीय डेविड धामी पक्राउ परेका हुन्।

आफूहरू आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले बताए।

पक्राउ परेकाहरूबाट प्रहरीले आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, परिचयपत्र, नगद रसिदसहित पाँच लाख आठ हजार ६४० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको बोहोराले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७९ ६:२० | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast