प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली प्रस्थान

हिमाल प्रेस ६ साउन २०८० १८:४० | Saturday, July 22, 2023
प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली प्रस्थान तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली उडेका छन्। सोमबारदेखि इटालीमा हुने संयुत्त, राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार इटाली प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीसँग कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री छोरी गंगा दाहाल इटाली गएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायत विमानस्थल पुगेका थिए। ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टक टेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक धारणा राख्नेछन्। सम्मेलन बुधबार (१० गते)सम्म चल्नेछ।

प्रकाशित: ६ साउन २०८० १८:४० | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast