अवहेलनाको मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

हिमाल प्रेस १२ असार २०८० १८:०५ | Tuesday, June 27, 2023
अवहेलनाको मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)सँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

उनको अभिव्यक्ति अदालतको आदेश विपरीत भएको भन्दै निकै आलोचना पनि भएको थियो। सोही अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

बालेन भन्छन् : सरकार र अदालत भारतको गुलाम, हिन्दी फिल्म चल्न दिन्नँ

अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की

 

 

प्रकाशित: १२ असार २०८० १८:०५ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast