बालेन भन्छन् : सरकार र अदालत भारतको गुलाम, हिन्दी फिल्म चल्न दिन्नँ

हिमाल प्रेस ७ असार २०८० १४:३६
10
SHARES
बालेन भन्छन् : सरकार र अदालत भारतको गुलाम, हिन्दी फिल्म चल्न दिन्नँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन्। उच्च अदालत पाटनले काठमाडौँमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

बालेनले सरकार र अदालत भारतको गुलाम भएको आरोप पनि लगाएका छन्।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ उनले भने, ‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ।’

उनले आफ्नो कुरालाई स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु अदालत र सरकार भारतको गुलाम भएको बुझिने पनि बताए।

‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन’ उनले भने।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश गर्दै सिनेमा हलमा हिन्दी सिनेमा रोक लगाउन नहुने आदेश जारी गरेको हो।

प्रकाशित: ७ असार २०८० १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =