प्रधानमन्त्री बालेनले आज मोदी र मुर्मूसँग भेटवार्ता गर्दै

हिमाल प्रेस ७ मंसिर २०८३ ७:२० | Monday, November 23, 2026
प्रधानमन्त्री बालेनले आज मोदी र मुर्मूसँग भेटवार्ता गर्दै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।

आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो। आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२ः२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।

त्यसअघि आज बिहान १० बजे दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गर्ने तालिका छ। प्रधानमन्त्री शाहले आज दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री शाहसँग मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार पनि दिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो।

प्रकाशित: ७ मंसिर २०८३ ७:२० | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast