पोखरामा आज अन्तर्राष्ट्रिय विमान पहिलो पटक अवतरण हुँदै

हिमाल प्रेस ६ असार २०८० ७:२८ | Wednesday, June 21, 2023
पोखरामा आज अन्तर्राष्ट्रिय विमान पहिलो पटक अवतरण हुँदै

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार (आज) पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ। चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’को जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो।

चीनको छेन्दु-तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको १ सय ३० जना यात्रु सवार सो जहाज बुधबार बिहान ९:३० बजे पोखरा विमानस्थलमा अवतरण गर्ने समय तालिका छ।

विमानमा चिनियाँ खेलाडीहरू पनि आउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दक्षिण एसिया मा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन् । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ।

यो पनि:

ऋणको भारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनमा आएको छ महिनापछि पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast