सिजीको दसैँ–तिहार योजना : भियतनाम र मेघौली सेराई भ्रमण जित्ने अवसर

हिमाल प्रेस ३१ असोज २०८३ १२:५५ | Saturday, October 17, 2026
सिजीको दसैँ–तिहार योजना : भियतनाम र मेघौली सेराई भ्रमण जित्ने अवसर

काठमाडौँ- सिजी इलेक्ट्रोनिक्सले दसैँ–तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरणको खरिदमा आकर्षक उपहार जित्न सकिने योजना सार्वजनिक गरेको छ।

‘भरोसा नेपालीको, उत्सव दसैँ–तिहारको’ नारासहित ल्याइएको योजनामा ग्राहकले भियतनाम वा मेघौली सेराई भ्रमणका साथै पाँचवटा घरायसी उपकरणको बन्डल जित्न सक्नेछन्।

‘एक्सपिरियन्स लाइफ विथ सिजी’ वार्षिक अभियानअन्तर्गत ल्याइएको योजनामा सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहक सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताले भियतनाम वा मेघौली सेराई भ्रमण जित्ने अवसर पाउनेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत विजेताले पाँचवटा घरायसी उपकरणको बन्डल जित्न सक्नेछन्।

योजनामा सहभागी हुन ग्राहकले सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि दर्ता गर्नुपर्नेछ।

कम्पनीका अनुसार सिजीको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ मा अत्याधुनिक प्रविधि र विलासी डिजाइन समावेश छन्। यी उपकरणले घरको सौन्दर्य बढाउनुका साथै दैनिक कामलाई सहज बनाउने कम्पनीको भनाइ छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्डका शोरुम तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। कम्पनीका आधिकारिक वेबसाइटबाट पनि यी उत्पादन खरिद गर्न सकिने जनाइएको छ।

ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन कम्पनीले ‘सिजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। देशभर रहेका ४० वटा सेवा केन्द्र र एपमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू गरिएको छ। योजनाबारे थप जानकारी लिन सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ। साथै, प्लेस्टोर वा एपस्टोरबाट ‘सिजी केयर्स’ एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ असोज २०८३ १२:५५ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast