कपिलवस्तु– शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन
अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् भने त्यसमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल छन् । तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको छ ।
प्रकाशित: ३१ असोज २०८३ १३:२७ | Saturday, October 17, 2026
प्रतिक्रिया




