समाजवादी मोर्चा घोषणाकै संघारमा वामदेवले किन भेटे ओली?

हिमाल प्रेस ४ असार २०८० ७:२२ | Monday, June 19, 2023
समाजवादी मोर्चा घोषणाकै संघारमा वामदेवले किन भेटे ओली?

काठमाडौँ– नेकपा राष्ट्रिय अभियानमा संयोजक वामदेव गौतमले नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीसँग भेटवार्ता गरेका छन्। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेर गौतमले ओली भेटेका हुन्।

सोमबार दिउँसो भएको उक्त भेटका क्रममा उनले आफ्नो अभियानलाई एमालेमा समाहित गर्ने बताएका छन्।

गौतम र ओलीबीच करीब दुई घण्टा संवाद भएको थियो।

यसैबीच माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका पाँच दलले आज नै समाजवादी मोर्चा निर्माणको घोषणा गर्ने तयारी छ।

सो मोर्चामा वामदेव पनि सहभागी हुने बताइरहँदा उनले ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समाजवादी मोर्चा घोषणाकै अघि गौतमले ओली भेटेर आफूलाई एमालेमा अध्यक्षजत्तिकै शक्तिशाली पद चाहिएको बताएका छन्।

‘मैले ओलीजीसँग अध्यक्षजत्तिकै महत्त्वपूर्ण र व्यस्त भएर काम गर्न पाइने जिम्मेवारी मागेको छु। बिहान उठेदेखि राति सुतेसम्म व्यस्त रहनसक्ने सम्मानका साथ कुनै जिम्मेवारी यदि उहाँले दिए म एमालेमा आउँछु,’ गौतमले भने।

तत्कालीन नेकपामा सचिवालय सदस्य रहेका गौतम त्यसयता कुनै पनि राजनीतिक दलमा छैनन्। पार्टीगत राजनीतिबाट अलग भएका गौतमसँग यतिबेला धेरै कार्यकर्ताको साथ पनि छैन।

त्यसैले यसबेला गौतमले ओली भेट्नुलाई मोर्चा र एमालेबीच बार्गेनिङ गरेको बुझिएको छ।

यो पनि :

समाजवादी मोर्चा निर्माणमा भयो सहमति, सोमबार घोषणा गर्ने

प्रकाशित: ४ असार २०८० ७:२२ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast