समाजवादी मोर्चा निर्माणमा भयो सहमति, सोमबार घोषणा गर्ने

हिमाल प्रेस ३ असार २०८० १३:२८
28
SHARES
समाजवादी मोर्चा निर्माणमा भयो सहमति, सोमबार घोषणा गर्ने

काठमाडौँ– समाजवादी मोर्चा बनाउनेबारे शीर्ष नेताहरूबीच सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकमा नेताहरूले यस्तो सहमति गरेका हुन्।

यस्तो निर्णयसँगै सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा बन्ने भएको छ। सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरेर मोर्चा घोषणा गर्ने तयारी छ।

समाजवादी मोर्चा निर्माणका लागि कार्यदल बनाएर कार्यदलले तयार पारेको घोषणा पत्रअनुसार मोर्चा घोषणा गरिने बताइएको छ।

मोर्चामा सत्तासाझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन्। यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कम्युनिष्ट एकता अभियान चलाइरहेका वामदेव गौतमसमेत सहभागी हुने तयारी छ।

नेकपा एमालेले भने समाजवादी मोर्चाबारे तत्काल केही निर्णय नगरेको बताएको छ। अन्य साना वामघटकहरूले पनि समाजवादी मोर्चाबारे केही निर्णय गरेका छैनन्।

प्रकाशित: ३ असार २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =