जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् ।
पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका संयोजक दाहालले आज बिहान कुरा गर्दै जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्ने बताए।
सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेको उनको गुनासो थियो।
प्रकाशित: २५ भदौ २०८३ ११:४१ | Thursday, September 10, 2026
प्रतिक्रिया


