प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, सरकार असफल भएको टिप्पणी

हिमाल प्रेस १७ भदौ २०८३ १७:३९ | Wednesday, September 2, 2026
प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, सरकार असफल भएको टिप्पणी

काठमाडौँ- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापन र उद्धारमा सरकार पूर्णरूपमा असफल भएको टिप्पणी गरेका छन्। संसद् भवन बाहिर बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सुरुका दिनमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको भन्दै उनले उद्धारका प्रयासहरूले अपेक्षित नतिजा निकाल्न नसकेको बताए। उनले भने,‘मैले संसद्को रोस्टमबाटै पनि भनिसकेको छु,उद्धार कार्यमा सरकार सफल छैन। समग्रमा उद्धार कार्य मूलभूत रूपमा सफल हुन सकेन।’

प्रधानमन्त्रीले संसद्‌मा प्रस्तुत गरेका कतिपय तथ्यहरू भ्रामक रहेको प्रचण्डको दाबी छ। उद्धारमा प्रयोग गरिएका उपकरण, प्राविधिक विज्ञता र टनेल (सुरङ) भित्रको वस्तुस्थितिका बारेमा प्रधानमन्त्रीले गलत जानकारी दिएको भन्दै सदनमा समेत सो विषयमा बहस भएको उनले उल्लेख गरे।

प्रधानमन्त्रीको नेतृत्वदायी भूमिकामाथि प्रश्न उठाउँदै दाहालले सरकारले जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसकेका कारण विपद्को समयमा नागरिकले सास्ती खेप्नुपरेको समेत बताए।

उनले भने,‘प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्छ र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी उहाँकै हुन्छ। तर वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिएन।’

प्रकाशित: १७ भदौ २०८३ १७:३९ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast