दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

हिमाल प्रेस २ कार्तिक २०८३ २०:४१ | Monday, October 19, 2026
6
SHARES
दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

काठमाडौँ- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ।

मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार, आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल-दिबाब सहरमा उक्त आक्रमण भएको थियो।

सञ्चार सेवा अवरुद्ध रहेकाले उनले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका हुन्।

वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए। मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि थिए।

उनका अनुसार, आक्रमणमा घाइते भएका अन्य ४७ जनालाई नजिकैको अल-मुजलाद सहर लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनीहरूमध्ये ३० जनाको मृत्यु भएको जानकारी एक चिकित्सक स्रोतले एएफपीलाई दिएको छ।

आक्रमणमा ठूलो संख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन।-रासस/एएफपी

प्रकाशित: २ कार्तिक २०८३ २०:४१ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast