समाजवादी मोर्चाबारे ओली : लिभिङ टुगेदर चलेकै थियो

हिमाल प्रेस २ असार २०८० १५:२२ | Saturday, June 17, 2023
समाजवादी मोर्चाबारे ओली : लिभिङ टुगेदर चलेकै थियो फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने बताएका छन्। समाजवादीसहितका पार्टी मिलाएर नयाँ समाजवादी माेर्चा बनाइ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व लिने निर्णयबारे कटाक्ष गर्दै ओलीले ‘लिभिङ टुगेदर’ यसअघिदेखि नै चलिरहेको टिप्पणी गरे।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने बताए। समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको पनि ओलीले बताए।

अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे।

‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे। समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन,’ ओलीले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो, छ त। चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन। एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ।’

प्रकाशित: २ असार २०८० १५:२२ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast