काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको छ। पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले ५ वटा एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने र छलफल गर्ने तथा विभिन्न कमिटीमा मनोनित गर्नेलगायत रहेका छन् । त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ।
कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। विशेषत: इतरपक्षले ओलीको राजीनामाको माग गरेका थिए। तर सोही एजेन्डा सचिवालयमा समेटिएको छैन। पार्टी पुर्नगठन भन्दै एमालेमा तारान्तार नेतृत्व परिवर्तनको विषय उठेको थियो। तर ओलीले नचाहदा सोही विषय एजेन्डा नै बन्न पाएन।


