ओलीको आज अप्रेसन

हिमाल प्रेस ३० चैत २०८२ ६:३४ | Monday, April 13, 2026
8
SHARES
ओलीको आज अप्रेसन

काठमाडौँ- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा।सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताए ।

‘रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बिचमा कुनै उत्तारचढाव भएन भने सोमबार शल्यक्रियाको तयारी भएको छ’, डा।आचार्यको भनाइ छ । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

 

प्रकाशित: ३० चैत २०८२ ६:३४ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast