एमाले बैठक : आसन छाड्दा ओलीको अनुमति चाहिने, बोल्न चाहे ३ मिनेट पाइने

हिमाल प्रेस ५ असोज २०८३ १३:२९ | Monday, September 21, 2026
एमाले बैठक : आसन छाड्दा ओलीको अनुमति चाहिने, बोल्न चाहे ३ मिनेट पाइने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरअघि सुरु भएको छ। अध्यक्ष ओलीले सम्बोधन गर्दै बैठक सुरु गरेका छन्। ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको बैठकमा सहभागी हुनेहरूका लागि बोल्न चाहे ३ मिनेट समय पाउने छन् । बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । साथै उनले बैठकमा पालना गर्नुपर्ने निमका बारेमा समेत जानकारी गराए ।

निर्धारित समयमा बोल्न नभ्याएका विषयहरु लिखित रूपमा दिन सकिने भन्दै अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुंग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ।

बैठक स्थलमा मोबाइल नल्याउन र कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने बैठकका अनुशासनका नियमहरूबारे जानकारी दिए । साथै नेताहरूले बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने समेत अध्यक्ष ओलीले जानकारी गराएका छन्।

प्रकाशित: ५ असोज २०८३ १३:२९ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast