काठमाडौँ- शाइ होपको कीर्तिमानी शतकमा भ्रमण टोली वेस्ट इन्डिजले भारतलाई तेस्रो एकदिवसीय खेलमा ५ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
३५२ रन वेस्ट इन्डिजले पछ्याएको अहिलेसम्मकै ठूलो लक्ष्य हो भने भारतविरुद्ध एकदिवसीय क्रिकेटमा पछ्याइएको यो इतिहासकै तेस्रो ठूलो लक्ष्य हो। शाइ होपले अविजित १६२ रनको कीर्तिमानी इनिङ्स खेले। यो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका लागि लक्ष्य पछ्याउने क्रममा बनेको उच्च व्यक्तिगत स्कोर हो भने भारतविरुद्ध लक्ष्य पछ्याउने क्रममा पनि अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो।
यसअघि क्रिस गेलले सन् २०१९ मा इंग्ल्यान्डविरुद्ध १६२ रन बनाएका थिए भने भारतविरुद्ध सन् २००९ मा श्रीलंकाका तिलकरत्ने दिलसानले १६० रन बनाएका थिए।
प्रकाशित: १८ असोज २०८३ ७:४१ | Sunday, October 4, 2026
प्रतिक्रिया



