प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।
करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हो।
तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो।
विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए बुधबार ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन्।
पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हो। घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।



