‘हरेक ५५ जना बालबालिकामध्ये १ जनामा अटिजम समस्या’

हिमाल प्रेस १७ चैत २०७९ १९:५४ | Friday, March 31, 2023
‘हरेक ५५ जना बालबालिकामध्ये १ जनामा अटिजम समस्या’

सुर्खेत– अटिजमका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार अटिजम जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पछिल्लो तथ्यांकअनुसार हरेक ५५ जना जन्मेको बालबालिहरूमध्ये १ जनालाई अटिजमको अवस्थाले ग्रसित भएको पुष्टि भएको सहभागीहरूले बताएका छन्।

कर्णाली प्रदेश २५ देखि २६ सयसम्म अटिजम भएको अनुमानित तथ्यांक रहेको अटिजम केयर नेपाल सोसाइटीका अध्यक्ष सुशील थापाले जानकारी दिए।

उनकाअनुसार अटिजम भएका व्यक्तिहरू प्राय:जसो जन्मेको ३ वर्षभित्र प्रष्ट रूपमा देखिने एक किसिमको मस्तिष्क विकासको अवरोध हो।

अटिजमका मुख्य समस्याहरू सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई हुनु , सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाइ हुनुका साथै दोहेर्‍याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरूपता नहुनु अटिजमको मुख्य समस्या हो।

प्रकाशित: १७ चैत २०७९ १९:५४ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast