लोहोरो प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या

हिमाल प्रेस १ मंसिर २०८३ १२:५३ | Tuesday, November 17, 2026
लोहोरो प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौँ- सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
सोमबार राति अन्दाजी ०१:०० बजेको समयमा सामान्य विवाद हुँदा अन्दाजी ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया सानु कुमारी कार्कीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

घटनाबारे राति ०१:१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिई उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ मंसिर २०८३ १२:५३ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast