‘टीकापुर साहित्य महोत्सव’ हुँदै

हिमाल प्रेस ९ चैत २०७९ १३:३८ | Thursday, March 23, 2023
‘टीकापुर साहित्य महोत्सव’ हुँदै

काठमाडौँ- कैलालीको टीकापुरमा साहित्यिक महोत्सव हुने भएको छ। टीकापुर साहित्य समाजको आयोजनामा
हुने महोत्सबमा आगामी चैत २५ गतेदेखि चैत २७ गतेसम्म चल्नेछ।

महोत्सवमा सुदूरपश्चिमका स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकतामा राख्दै २१ सत्र सञ्चालन गरिनेछ।

प्रत्येक दिन सात सत्रमा सञ्चालन हुने महोत्सबमा ७५ वक्ता रहेका छन्। महोत्सवको पहिलो सत्र लेखक तथा विश्लेषक सिके लालको ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकबाट रहेको छ।

महोत्सवमा तीनै दिन साझँ गजलसन्ध्या, काव्यसन्ध्या र सांगीतिकसन्ध्या पनि सञ्चालन हुने आयोजकले जनाएको छ।
साथै, नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरुलाई सम्मान, पुरस्कार र अभिनन्दन गरिने छ।

जसमा एक लाख रुपैयाँ राशिसहित खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, ५० हजार रुपैयाँ राशिसहित टिकापुर साहित्य समाज श्रेष्ठ कृति पुरस्कार, ५० हजार राशिसहित टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिम प्रतिभालाई) र २५ हजार रुपैयाँ राशिसहित टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार (टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई)सहित सम्मान गरिनेछ।

प्रकाशित: ९ चैत २०७९ १३:३८ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast