 
                             
                                            काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहमा ६ हजार १३ जना शिक्षकको विज्ञापन गर्ने भएको छ। सम्पूर्ण तयारी पूरा भइसकेकाले केही दिनभित्रै विज्ञापन गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए।
उनले शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दीको विवरणमा यसअघिको विज्ञापनमा सिफारिस हुन नसकेका दरबन्दीसहित विज्ञापन खुल्ने बताए।
आयोगले यसअघि १३ हजार २९७ रिक्त दरबन्दीमा विज्ञापन खुलाएकोमध्ये १० हजार ३५३ जना नियुक्तिका लागि सिफारिस भएका थिए। झन्डै तीन हजार दरबन्दीमा सिफारिस हुन सकेको थिएन।
                            प्रकाशित: ८ चैत  २०७९ १२:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 