पसलमा पाइएन मूल्यसूची

हिमाल प्रेस ७ चैत २०७९ ७:२४ | Tuesday, March 21, 2023
पसलमा पाइएन मूल्यसूची फाइल तस्बिर।

दाङ- दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन। पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिए।

उनले भने, ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ। अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन।’
मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताए। उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताए। म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने उनले बताए।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ।

प्रकाशित: ७ चैत २०७९ ७:२४ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast