साउदी अरबको रक्षाका लागि पाकिस्तानले सेना पठाउने

हिमाल प्रेस १३ मंसिर २०८३ १६:५२ | Sunday, November 29, 2026
6
SHARES
साउदी अरबको रक्षाका लागि पाकिस्तानले सेना पठाउने फाइल तस्बिर

काठमाडौँ- यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ।

पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार साउदी अरबको भूमिभित्र रहेर सैनिकले जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।

तर, सैनिकको संख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे खुलाइएको छैन।

साउदी अरब र पाकिस्तानले टर्कीसँगै गत अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए तीनवटै राष्ट्रमाथि आक्रमण भएको मानिनेछ। तीन देशले उक्त सम्झौता कुनै विशेष मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै आएका छन्।

इस्लामाबादमा दुई दिनअघि भएको तीन देशका रक्षा तथा सैन्य अधिकारीहरूको बैठकले पनि साउदी अरबप्रतिको सामूहिक रक्षा प्रतिबद्धता दोहो¥याएको थियो।

यसअघि रियादमा भएको बैठकमा सैन्य बल र उपकरण शीघ्र परिचालन गर्ने व्यवस्थासहित सम्झौता कार्यान्वयन गर्ने सहमति भएको थियो।

पाकिस्तानी सेनाले मक्का र मदिनास्थित इस्लामका दुई पवित्र मस्जिदको सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहो¥याएको छ।

पछिल्लो तैनाथीले क्षेत्रीय सुरक्षा चुनौतीबीच साउदी अरबको रक्षात्मक क्षमता थप बलियो बनाउने उसको भनाइ छ।

प्रकाशित: १३ मंसिर २०८३ १६:५२ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast