बढ्यो सुनको भाउ, आज २ लाख ४८ हजार १०० मा कारोबार हुँदै

हिमाल प्रेस १३ मंसिर २०८३ १०:३९ | Sunday, November 29, 2026
बढ्यो सुनको भाउ, आज २ लाख ४८ हजार १०० मा कारोबार हुँदै

काठमाडौँ- सुनचाँदीको मूल्यमा फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ।

आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँ थियो। सोमबार सुनको मूल्य एकैपटक ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि ४५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको थियो।

मंगलबार पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि जारी रह्यो। उक्त दिन सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार १४५ रुपैयाँ पुगेको थियो।

बुधबार दुवै धातुको मूल्यमा उल्लेख्य गिरावट आयो । सुन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँमा झर्दा चाँदी १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको थियो ।

बिहीबार भने बजारमा पुनः सुधार देखियो । उक्त दिन सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार दुवै धातुको मूल्य थप बढेको थियो । सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुग्दा चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँ कायम भएको थियो ।

साताभर निरन्तर उतारचढाव देखिएको सुनचाँदीको मूल्यमा आइतबार पनि वृद्धि भएको हो । शुक्रबारको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा अन्य आर्थिक परिस्थितिका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आउने गरेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित: १३ मंसिर २०८३ १०:३९ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast