काठमाडौँ- सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र असली चाँदी १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो।
प्रकाशित: ११ मंसिर २०८३ ११:०३ | Friday, November 27, 2026
प्रतिक्रिया



