सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन उदय शमशेर राणाको माग

हिमाल प्रेस ११ मंसिर २०८३ १०:१८ | Friday, November 27, 2026
सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन उदय शमशेर राणाको माग उदयशमशेर जबरा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै लेखेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

प्रभावित परिवारसँग संवाद गरेर सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने राणाको भनाइ छ। पुनर्वास नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ १०:१८ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast