काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।
प्रकाशित: ९ मंसिर २०८३ ११:०० | Wednesday, November 25, 2026
प्रतिक्रिया



