फाइल तस्बिर
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, अधिकतम ७० रुपैयाँ र औसत ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै, सानो लोकल गोलभेडा प्रतिकेजी न्यूनतम १२ रुपैयाँ, अधिकतम २० रुपैयाँ र औसत १४ रुपैयाँ ८३ पैसामा कारोबार भइरहेको छ । टनेलको सानो गोलभेडा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ (औसत ३२ रुपैयाँ ५० पैसा) तथा तराईको सानो गोलभेडा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ (औसत ३५ रुपैयाँ ८३ पैसा) तोकिएको छ।
आज रातो आलु (लाम्चो र गोलो दुवै) प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, अधिकतम ५५ रुपैयाँ र औसत ५४ रुपैयाँमा किनबेच भइरहेको छ । भारतीय रातो आलु न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँ (औसत ३२ रुपैयाँ ५० पैसा) र सेतो आलु न्यूनतम २८ रुपैयाँदेखि अधिकतम ३२ रुपैयाँ (औसत २९ रुपैयाँ ३३ पैसा) कायम भएको छ। सुकेको भारतीय प्याजको न्यूनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ, अधिकतम ९५ रुपैयाँ र औसत ९१ रुपैयाँ ७५ पैसा तोकिएको छ।
लोकल गाजर प्रतिकेजी न्यूनतम ८० रुपैयाँ, अधिकतम ९० रुपैयाँ र औसत ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने तराईको गाजर न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ (औसत ५५ रुपैयाँ) तोकिएको छ। लोकल बन्दाको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, अधिकतम ३० रुपैयाँ र औसत २७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।





