काठमाडौँ गोर्खाजले दियो चितवन राइनोजलाई १८१ रनको लक्ष्य

हिमाल प्रेस २३ कार्तिक २०८३ १८:५३ | Monday, November 9, 2026
काठमाडौँ गोर्खाजले दियो चितवन राइनोजलाई १८१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो।

काठमाडौँका लागि राशिद खानले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

त्यस्तै, विल बोसिस्टोले २२ बलमा २७ रन बनाए। उनले राशिदसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै दबाबमा परेको टोलीलाई सम्हालेका थिए।

साहन अरागिचेले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ३३ रन जोडे। उनको इनिङ्समा ३ चौका र २ छक्का समावेश थियो। उनले राशिदसँग चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे।

अन्तिम ओभरहरूमा कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र ७ बलमा ३ छक्कासहित २० रन बनाए। सन्तोष यादवले २ बलमा ८ रन जोड्दै काठमाडौँको स्कोर १८० रनसम्म पुर्‍याए।

काठमाडौँका सुरुवाती ब्याटर भने खासै चल्न सकेनन्। डेभिड वार्नर ६ बलमा १ रन बनाएर आउट भए भने साहिल पटेलले १२ बलमा ८ रन मात्र जोड्न सके। जहानदाद खान पनि १३ बलमा ६ रन बनाएर पभेलियन फर्किए। काठमाडौँले १३ रन जोड्दा नै सुरुवाती दुई विकेट गुमाएको थियो।

चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। कमलसिंह ऐरीले २५ रन दिएर २ विकेट हात पारे भने कप्तान सिकन्दर राजाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। डान मौस्लीको नाममा एक विकेट रह्यो।

१५.५ ओभरमा १३७ रन बनाउँदा राशिद खान आउट भएपछि काठमाडौँले लगातार विकेट गुमाएको थियो। करण केसीको आक्रामक ब्याटिङका कारण टोलीले अन्तिम पाँच ओभरमा ४८ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पार्न सफल भयो।

प्रकाशित: २३ कार्तिक २०८३ १८:५३ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast