इतिहासका गल्ती नदोहोर्‍याउन सरकार र रास्वपालाई बाबुरामको सुझाव

हिमाल प्रेस २० कार्तिक २०८३ १३:२६ | Friday, November 6, 2026
इतिहासका गल्ती नदोहोर्‍याउन सरकार र रास्वपालाई बाबुरामको सुझाव

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नवोदित सत्ताधारी दल (सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) भित्र असमझदारी बढ्दै गएको विषय लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत सत्ताधारी दलमा सरकार र पार्टीबीच असमझदारी बढेको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु मुलुक र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका हुन्। उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।

‘२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ,’ उनले लेखेका छन्।

भट्टराईले इतिहासबाट पाठ सिक्न सत्तारूढ दल र सरकारलाई आग्रह गरेका छन्। ‘भनाइ पनि छ- इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्। जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ भट्टराईले लेखेका छन्।

प्रकाशित: २० कार्तिक २०८३ १३:२६ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast