नर्सका समस्या तत्काल न्यायपूर्ण ढंगले समाधान गर्न सरकारलाई भट्टराईको आग्रह

हिमाल प्रेस २० साउन २०८३ ११:३५ | Wednesday, August 5, 2026
8
SHARES
नर्सका समस्या तत्काल न्यायपूर्ण ढंगले समाधान गर्न सरकारलाई भट्टराईको आग्रह

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नर्सहरूको श्रम, पारिश्रमिक र सेवासुविधाको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरूको समस्या तत्काल न्यायपूर्ण ढंगले समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले नर्सिङ सेवालाई कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत विस्थापित गर्न नसक्ने र भविष्यमा झन् बढी आवश्यक मानवीय सेवाका रूपमा विश्वभर चर्चा भइरहेको उल्लेख गरेका छन्।

तर नेपालमा भने नर्सहरू अत्यन्त न्यून पारिश्रमिक र सीमित सेवासुविधामा अहोरात्र खटिन बाध्य भएको भन्दै उनीहरू सबैभन्दा पीडित श्रमिकमध्येका एक बनेको भट्टराईको भनाइ छ।

उनले आफू पटकपटक अस्पतालमा भर्ना हुँदा नर्सहरूमाथि भइरहेको अन्याय र विभेदको कारुणिक अवस्था प्रत्यक्ष देखेको पनि बताएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी आन्दोलनको बलमा बनेको नयाँ सरकारले पीडित नर्सहरूको समस्या तत्काल न्यायपूर्ण ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २० साउन २०८३ ११:३५ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast