विद्यालयका लागि २४८ नर्सको दरखास्त आह्वान

हिमाल प्रेस १४ जेठ २०८३ १२:५३ | Thursday, May 28, 2026
विद्यालयका लागि २४८ नर्सको दरखास्त आह्वान

काठमाडौँ- बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि २४८ नर्सको दरखास्त आह्वान गरेको छ।

निर्देशनालयले सार्वजनिक गरेको सूचनाअनुसार माध्यमिक विद्यालयहरूमा नर्स सेवा उपलब्ध गराउने उद्देश्यसहित विद्यालय नर्स पदमा जनशक्ति माग गरिएको हो।

कुल २४८ पदमा पाँचौँ तह (करार) का लागि नियुक्ति प्रक्रिया अघि बढाइएको छ।

सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरिएको छ।

स्वास्थ्य निर्देशनालय, हेटौँडाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने जनाएको छ। आवेदन बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सम्बन्धित कार्यालयमार्फत बुझाउन सकिनेछ।

यो कार्यक्रम प्रदेशका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको स्वास्थ्य सुधार, प्राथमिक उपचार सेवा विस्तार तथा विद्यालयमै स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।

प्रकाशित: १४ जेठ २०८३ १२:५३ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast